Nehemiah 12:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एल्यासीब, योयादा, योहानान र येद्दूअ मुख्य पूजाहारीहरूका जीवनकालमा लेवी र पूजाहारी परिवारका मुखियाहरूका नामावली राखिदिएका थिए। फारस देशमा महाराजा दाराले राज्य गर्दा ती नामावली लेखी सकिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एल्यासीब, योयादा, योहानान र यद्दूअका पालाका लेवीहरूका परिवारहरूका तथा पूजाहारीका मुखियाहरूका नाउँ फारसी राजा दाराको शासनकालमा लेखिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एल्यासीब, यहोयादा, योहानान र यद्दूआका साथै पुजारीहरूको पनि समयमा लेवीहरूका परिवारका अगुवाहरू परसीयाका राजा दाराको शासनकालमा दर्ता गरिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
एल्याशीब, योयादा, योहानान अनि यद्दूका समयमा लेवीका नाउँहरू कुलका अगुवाहरूका रूपमा लेखिएका थिए अनि पूजाहारीहरूका नाउँ पनि फारसीको शासनकालमा लेखिएका थिए।