Nehemiah 12:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीहरू दल-दलमा बाँडिएका थिए। ती दलका मुखियाहरू हशब्याह, शरेबियाह, येशूअ, बिन्नूई र कादमीएल थिए। परमेश्वरका जन दाऊद राजाले दिएका आदेशअनुसार एक बेलामा दुई दलले पालैपालो परमेश्वरलाई स्तुति गर्थे र धन्यवाद चढाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ, र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्ने खड़ा हुन्थे र आ-आफ्नो पालोमा परमेश्वरका मानिस दाऊदले तोकेअनुसार पालैपालो स्तुति गर्ने र धन्यवाद चढ़ाउने गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीहरूका अगुवाहरू यिनीहरू नै थिएः हशब्याह, शेरेबियाह, कदमिएल छोरा येशूआ र तिनीहरूका सहयोगीहरू, परमेश्वरका जन दावीदले तोकिदिएअनुसार तिनीहरू पालैपालो धन्यवाद र प्रशंसा चढाउन एक दल अर्को दलको सामु खडा हुन्थे।
Nepali ERV (पवित्र बाइबल)
लेवीहरूका अगुवाहरू हशब्याह, शेरेबिया, येशूअ, कद्मीएलका छोरा अनि तिनीहरूका सहयोगीहरू थिए जो तिनीहरू देखिपारि उभिए परमेश्वरका व्यक्ति दाऊदको आदेश अनुसार परमेश्वरको स्तुति गर्न अनि धन्यवाद ज्ञापन गर्नका निम्ति एक भागले अर्कोलाई उत्तरदिए।