Nehemiah 12:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम सहरको पर्खाल समर्पण गरिएको समयमा झ्‍याम्‍टा र सारङ्गी बजाएर धन्‍यवादको भजन गाउन विभिन्‍न ठाउँमा बसेका लेवीहरू तिनीहरू बसेका ठाउँदेखि यरूशलेममा भेला भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेमका पर्खालको समर्पण गर्दा यरूशलेममा रमाहट गरेर धन्‍यवादका भजन गाउँदै, झ्‍याली, सारङ्गी र वीणाका साथमा समर्पणको उत्‍सव मनाउन तिनीहरूले लेवीहरूलाई आफू बसेका सबै निवास-स्‍थानहरूबाट खोजेर ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेमको पर्खालको समर्पणमा धन्यवादी गीतहरूको साथै झ्याली, वीणा र सारङ्गीको सङ्गीतको साथमा आनन्दसाथ समर्पणको उत्सव मनाउनका लागि लेवीहरूलाई तिनीहरू बसोबास गरेका ठाउँहरूबाट खोजी निकालेर यरूशलेममा ल्याइयो।
Nepali ERV (पवित्र बाइबल)
जब यरूशलेमको पर्खाललाई समर्पण गरियो। जहाँ कहींका लेवीहरूको खोज गरियो। अनि यरूशलेममा ल्याइयो खुशीयाली सहित, धन्यवाद ज्ञापन गर्ने, गायकहरू झ्यामटा, साराङ्गी अनि वीणाहरू सहित समर्पण समारोह मनाउनका निम्ति।