Nehemiah 12:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरलाई धन्यवाद दिँदै सहरको चारैपट्टि घुम्न मैले मानिसहरूका दुई वटा ठूल्ठूला दल बनाएँ। र यहूदाका मुखियाहरूलाई पर्खालमाथि भेला गरें र तिनीहरूलाई ती दुई दलमाथि अगुवा खटाएँ। एक दल पर्खालमाथि दाहिनेतिर फोहोर फाल्ने ढोकातर्फ गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले यहूदाका अगुवाहरूलाई सहरको पर्खालमाथि जान लाएँ। साथै धन्यवाद दिन दुई वटा ठूला स्तुति गाउनेहरूका दल नियुक्त गरें। एक दल दाहिनेतिर पर्खालमा फोहोर ढोकासम्म जानुपर्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मैले यहूदाका अगुवाहरूलाई पर्खालमाथि जान लगाएँ। मैले दुई वटा ठूला गायन झुण्डहरूलाई पनि धन्यवाद चढाउने काममा नियुक्त गरेँ। एक दलचाहिँ पर्खालमाथि चढेर दाहिनेपट्टि फोहोर ढोकातिर जानुपर्ने थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि मैले यहूदाका अगुवाहरूलाई पर्खाल माथि ल्याएँ, अनि दुइ विशाल गायकहरूको समूहलाई धन्यवाद ज्ञापन गर्न नियुक्त गरें। एक समूह गायकदल दाहिनेतिर कसिङ्गरे द्वारतर्फ पर्खाल माथि गए।