Nehemiah 12:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका पछि-पछि उनैको कुलका अरूहरू: शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी हिँडे। परमेश्‍वरका जन दाऊद राजाले बजाएका जस्‍तै बाजाहरू तिनीहरूले हातमा लिएका थिए। व्‍यवस्‍थाका शास्‍त्री एज्रा तिनीहरूका अगुवा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो आसापका छोरा थिए, र तिनका सहयोगीहरू— शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा र हनानी— परमेश्‍वरका जन दाऊदले तोकेका बाजाहरूका साथमा थिए। शास्‍त्री एज्राचाहिँ जुलूसका अगुवा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जकरियाका सहयोगी दाजुभाइहरू शमायाह, अजरेल, मिललै, गिललै, माए, नथनिएल, यहूदा र हनानी—तिनीहरू परमेश्‍वरका जन दावीदले तोकिदिएका वाद्य-वाजाहरूसित थिए। व्यवस्थाको शिक्षक एज्रालेचाहिँ शोभायात्राको नेतृत्व गरे।
Nepali ERV (पवित्र बाइबल)
अनि तिनका सहयोगीहरू शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा अनि हनानी परमेश्वरका जन दाऊका वाद्य यन्त्रहरू सहित गए। अनि शास्त्री शिक्षक एज्रा तिनीहरूका अघि अघि गए।