Nehemiah 12:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फोहोरा-ढोका पुगेपछि दाऊदको सहर जाने सिँढी उक्लेर तिनीहरू दाऊदको महल नाघेर गए। त्यहाँबाट फर्केर सहरको पूर्वपट्टि तिनीहरू पानी-ढोकासम्म गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू फुहारा ढोकाबाट भएर दाऊदको सहरका सिँढ़ीहरूबाट सोझै पर्खालमा उकालो चढ्ने बाटो भएर दाऊदको घर नाघेर पूर्वतिर भएको पानी ढोकासम्म गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फोहरा मूलढोकामा तिनीहरूले दावीदको सहरका खुड्किलाहरूमा सोझै माथि उक्लँदै अगि बढे, र पर्खालमाथि चढे। त्यसपछि तिनीहरू दावीदको घरमाथिबाट पार भएर पूर्वतिरको पानी मूलढोकामा गए।
Nepali ERV (पवित्र बाइबल)
अनि तिनीहरू फोहरा-मूल-ढोकामा गए। त्यस पछि तिनीहरू पर्खालको सिंढी भएर सिधै दाऊद शहरको सिंढी माथि गए र दाऊदको घरबाट नाघेर पानी मुल-ढोका तिर गए।