Nehemiah 12:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस दिन धेरै बलिदान चढाइए। मानिसहरू औधी आनन्दित भए, कारण परमेश्वरले तिनीहरूलाई प्रसन्न गराउनुभएको थियो। स्त्री र छोरा-छोरीहरूले पनि आनन्द मनाए। तिनीहरूका आनन्दको स्वर धेरै टाढासम्म सुनिन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्यस दिन तिनीहरूले आनन्द गरेर ठूला बलिदानहरू चढ़ाए, किनकि परमप्रभु परमेश्वरले तिनीहरूलाई रमाहट गर्ने अवसर दिनुभएको थियो। स्त्रीहरू र बाल-बालिकाहरूले पनि आनन्द मनाए। यरूशलेमको आनन्दउत्सव टाढ़ा-टाढ़ासम्म पनि सुनियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले तिनीहरूलाई ठूलो आनन्द दिनुभएकोमा त्यस दिन तिनीहरूले आनन्दसाथ ठूलो बलिदानहरू चढाए। स्त्रीहरू र केटाकेटीहरूले पनि आनन्द मनाए। यरूशलेममा हर्ष मनाइएको आवाज धेरै टाढासम्म पनि सुन्न सकिन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यस दिन तिनीहरूले धेरै बलिदान अर्पण गरे र आनन्द मनाए किनभने परमेश्वरले तिनीहरूलाई महान खुशी प्रदान गर्नु भएको थियो स्त्री एवं केटा केटीहरूले पनि आनन्द मनाए, हामीले यरूशलेममा मनाएको उत्सव टाढासम्म सुनियो।