Nehemiah 12:44 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला मन्‍दिरमा चढाइएका दान राखिने भण्‍डारहरू हेर्न मानिसहरू खटाइएका थिए। दशौँ हिस्‍सा, वर्षेनी पाकेका पहिला अन्‍न र फलफूल पनि त्‍यहीँ राखिन्‍थ्‍यो। छेउ-छाउका सहर नजिकको खेतबारीहरूबाट व्‍यवस्‍थाअनुसार पूजाहारी र लेवीहरूले पाउने दान जम्‍मा गर्ने काम पनि ती मानिसहरूलाई सुम्‍पिदिइएको थियो। यहूदाका सबै मानिसहरू पूजाहारी र लेवीहरूसँग खुसी थिए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला भेटीहरू अगौटे फलहरू र दशांशका निम्‍ति भण्‍डारको जिम्‍मा लिन, र सहरहरूका वरिपरि बस्‍तीहरूबाट पूजाहारीहरू र लेवीहरूका निम्‍ति व्‍यवस्‍थाले तोकेबमोजिम हिस्‍सा बटुल्‍न मानिसहरू नियुक्त गरिए। किनभने पूजाहारीहरू र लेवीहरूको सेवाबाट सबै यहूदा साह्रै प्रसन्‍न थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला भेटीहरू, अगौटे फलहरू र दशांशहरूका भण्डार कोठाहरूको जिम्मावाल हुनलाई मानिसहरू नियुक्त गरियो। तिनीहरूले सहरहरूका वरिपरिका खेतहरूबाट व्यवस्थाअनुसार पुजारीहरू र लेवीहरूका निम्ति तोकिएका भागहरू भण्डार कोठाहरूमा जम्मा गर्नुपर्थ्यो, किनकि सेवा गर्ने पुजारीहरू र लेवीहरूसित सारा यहूदाबासीहरू खुशी थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय मानिसहरूले अगौटे फलहरूको भेटी अनि दशौं अंशको जम्मा गर्ने कोठाका अधिकारीहरू नियुक्त गरे। यो कुरा शहरका जमीनहरूबाट जम्मा गरियो। व्यवस्थामा भने झैं यी कुराहरू पूजाहारीहरू अनि लेवीहरूलाई दिइने छन्। किनभने यहूदाका मानिसहरूले पूजाहारी र लेवीहरूसित मन्दिरमा सेवागरेको निम्ति धन्यवादी थिए।