Nehemiah 12:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कारण तिनीहरूले परमेश्‍वरका आज्ञाअनुसार चोख्‍याउने र अरू रीतिविधि गर्दथे। मन्‍दिरका गवैया र पहरादारहरूले पनि दाऊद राजा र उनका छोरा सोलोमनले बनाएका नियमअनुसार आफ्‍ना काम गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाऊद र तिनका छोरा सोलोमनले दिएका नियमअनुसार आफ्‍ना परमेश्‍वरको सेवा र शुद्धिको सेवा तिनीहरूले गरे, र यसै गरी गवैयाहरू र द्वारपालहरूले पनि सेवा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना परमेश्‍वरको सेवा र शुद्धीकरणको सेवा गर्थे। सङ्गीतकारहरू र द्वारपालहरूले पनि दावीद र तिनका छोरा सोलोमनका आदेशअनुसार सेवा गर्थे।
Nepali ERV (पवित्र बाइबल)
दाऊद अनि उनका छोरा सुलेमानको आदेश अनुसार तिनीहरूले तिनीहरूको परमेश्वरको सेवा अनि शुद्धीकरण गरे।