Nehemiah 12:47 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरुबाबेलको समयमा र नहेम्‍याहको समयमा पनि इस्राएलका सबै मानिसहरूले मन्‍दिरको गवैया र पहरादारहरूका जीविकाको निम्‍ति दिनहुँ दान दिन्थे। मानिसहरूले लेवीहरूलाई पवित्र दान दिन्‍थे र त्‍यसबाट लेवीहरूले तोकिएको हिस्‍सा पूजाहारीहरूलाई दिन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले यरुबाबेल र नहेम्‍याहका पालामा गवैयाहरू र द्वारपालहरूलाई सबै इस्राएलले प्रतिदिनको चाहिएको भाग दिन्‍थे। तिनीहरूले अरू लेवीहरूका भाग पनि छुट्ट्याएर राख्‍थे। अनि लेवीहरूले चाहिँ हारूनका सन्‍तानको भाग छुट्ट्याएर राख्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यरुबाबेल र नहेम्याहका दिनहरूमा सारा इस्राएलले सङ्गीतकारहरू र द्वारपालहरूका निम्ति दैनिक भागहरू दिए। तब तिनीहरूले अरू लेवीहरूका निम्ति पनि भाग छुट्याएर राख्थे; अनि लेवीहरूले चाहिँ हारूनका सन्तानको भाग छुट्ट्याए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यरूबाबेल अनि नहेम्याहका समयमा समस्त इस्राएलले प्रत्येक दिन चाहिए जतिको अंश गवैयाहरूका निम्ति केही अंश छुट्याए अनि लेवीहरूले केही अंश हारूनका कुलको निम्ति छुट्याए।