Nehemiah 13:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूलाई मोशाका व्‍यवस्‍था जोडले पढेर सुनाएको बेलामा तिनीहरूले यो कुरा सुने, जहाँ अम्‍मोन अथवा मोआबीहरूलाई परमेश्‍वरको प्रजासँग मिसिन दिनुहुन्‍न भनी लेखिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन जनताको सामुन्‍ने मोशाको पुस्‍तक पढ़ेको बेलामा यस्‍तो कुरा लेखिएको भेट्टाइयो, कि कुनै पनि अम्‍मोनी अथवा मोआबी परमेश्‍वरको सभामा कहिल्‍यै पस्‍न पाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन मानिसहरूले सुन्‍ने गरी मोशाको पुस्तक चर्को आवाजमा पढियो; अनि त्यसमा यस्तो लेखिएको भेट्टाइयो: कुनै पनि अम्मोनी अथवा मोआबीलाई परमेश्‍वरको समुदायमा कहिल्यै प्रवेश गराउनुहुँदैन।
Nepali ERV (पवित्र बाइबल)
त्यसदिन तिनीहरूले मानिसहरूलाई मोशाको पुस्तकबाट पढि दिए अनि तिनीहरूले त्यसमा यो लेखिएका पाए, कि कुनै अम्मोनी वा मोआबीहरू परमेश्वरको उपासना गर्न कहिल्यै जमघटमा पस्नु हुँदैन।