Nehemiah 13:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यो पनि थाहा पाएँ कि मन्‍दिरका गवैया र अरू लेवीहरू यरूशलेम छोडेर आ-आफ्‍ना खेतबारीमा फर्की गएका थिए, कारण तिनीहरूको जीविका चलाउन पुग्‍दो दान मानिसहरूले दिन छोडेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीहरूले आफ्‍ना भागहरू पाएका रहेनछन्‌ भन्‍ने कुरा पनि मैले थाहा पाएँ। यसैले मन्‍दिरका सेवाको जिम्‍मा लिने लेवीहरू र गवैयाहरू सबै आ-आफ्‍ना गाउँहरूमा फर्केछन्‌ भन्‍ने पनि मैले सुनें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले लेवीहरूलाई तोकिएका भागहरू नदिएको र सेवाको जिम्मामा रहेका लेवीहरू र सङ्गीतकारहरू आफ्नै खेतहरूतिर फर्किगएका थाहा पाएँ।
Nepali ERV (पवित्र बाइबल)
तब लेवीहरूको अंश तिनीलाई दिइएको थिएन, भनी मैले थाहा पाएँ। यसर्थ लेवीहरू अनि गायकहरू जसले सेवा गरेका थिए। आफ्ना खेततिर फर्केका थिए।