Nehemiah 13:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टुरोस सहरवासीहरू कति जना यरूशलेममा बस्थे। तिनीहरूले विश्रामको दिनमा बेच्न माछा र अरू सबै प्रकारका चीजबीज सहरमा ल्याउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेममा बसोबास गर्ने टुरोसका मानिसहरूले पनि माछा र अरू सबै किसिमका व्यापारका मालहरू ल्याएर शबाथमा यहूदाका मानिसहरूलाई यरूशलेममा बेच्दारहेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेममा बस्ने टायरका मानिसहरूले माछाहरू र सबै किसिमका व्यापारका सामानहरू यरूशलेममा ल्याए, र शब्बाथमा यहूदाका मानिसहरूलाई बेचिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेम अथवा यहूदा छेउमा बस्ने सोरका मानिसहरूले बेच्नका निम्ति माछा अनि सबै किसिमका वस्तुहरू ल्याइरहेका थिए। विश्राम-दिनमा यहूदा अनि यरूशलेमका मानिसहरूलाई ती बेचिरहेका थिए।