Nehemiah 13:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही कारणले गर्दा यस सहरको विनाश गराएर परमेश्वरले तिम्रा पिता-पुर्खाहरूलाई दण्ड दिनुभएको थियो। तरै पनि विश्रामको दिनलाई अपवित्र गरेर तिमीहरू परमेश्वरको अझ बढ्ता क्रोध इस्राएलमाथि ल्याउँछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिमीहरूका पुर्खाहरूले पनि ठीक यस्तै काम गरेका हुनाले हाम्रा परमेश्वरले हामी र यस सहरमाथि यो विपत्ति ल्याउनुभएको होइन र? अब तिमीहरूले शबाथलाई अपवित्र पारेर झन् परमप्रभुको क्रोध जगाउँदैछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिमीहरूका पुर्खाहरूले यस्तै काम गरेनन् र? त्यसकारण हाम्रा परमेश्वरले हामीमाथि र यस सहरमाथि सबै विपत्तिहरू ल्याउनुभएको होइन र? अब तिमीहरूले शब्बाथलाई अपवित्र पारेर इस्राएलमाथि उहाँको क्रोध बढाइरहेका छौ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका पुर्खाहरूले यसै गरेको हुँदा हाम्रा परमेश्वरले हामीमाथि अनि यो शहर माथि यी सबै विपद ल्याउनु भएको होइन र? तर तिमीहरूले विश्रामलाई अपवित्र तुल्याएर। इस्राएल माथि अझ अधिक क्रोध ल्याउँदैछौ?”