Nehemiah 13:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले लेवीहरूलाई आफैं शुद्ध हुन, त्‍यसपछि गएर मूल-ढोकामा पहरा दिन र यसरी विश्रामको दिन पवित्र राख्‍ने रीति ठीकसँग कायम राख्‍न आज्ञा दिएँ। हे परमेश्‍वर, यो पनि मेरो निम्‍ति सम्‍झना राख्‍नुहोस् र तपाईंको महान् प्रेममा मलाई कृपा गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि शबाथ-दिन पवित्र राख्‍न भनी मैले ती लेवीहरूलाई तिनीहरूले आफूलाई शुद्ध गरी मूल ढोकामा पहरा दिनू भन्‍ने आज्ञा गरें। हे मेरा परमेश्‍वर, यो पनि मेरो निम्‍ति सम्‍झना रहोस्, र तपाईंको महान्‌ प्रेममा आफ्‍नो कृपा ममाथि रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मैले लेवीहरूलाई आफूलाई शुद्ध पार्न लगाएँ, र शब्बाथलाई पवित्र राख्नलाई गएर मूलढोकामा पहरा दिन आज्ञा दिएँ। हे मेरा परमेश्‍वर, यसको लागि पनि मलाई स्मरण गर्नुहोस्, र तपाईंको अचुक प्रेमअनुसार ममाथि कृपा देखाउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले लेवीहरूलाई तिमीहरूले स्वयंलाई शुद्ध गर्नुपर्छ अनि विश्राम दिनलाई पवित्र राख्नको निम्ति जाऊ र ढोकाहरूको रक्षागर भनें। हे मेरा परमेश्वर यसको निम्ति पनि मलाई सम्झि दिनुहोस्। अनि तपाईंको महान प्रेमले मलाई जोगाउनु होस्।