Nehemiah 13:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले ती मानिसहरूलाई हकारें, सराप दिएँ, कुटें र केश जगल्ट्याइदिएँ। तब मैले तिनीहरूलाई हामी र हाम्रा छोरा-छोरीले अब उसो कहिल्यै पनि अरू जातिहरूसँग अन्तरजातीय बिहावारी गर्नेछैनौं भनेर परमेश्वरको नाममा शपथ खान लाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिनीहरूलाई हप्काएँ र सराप दिएँ। मैले कुनै-कुनै मानिसहरूलाई पिटें र जगल्ट्याएँ। मैले यसो भनेर परमेश्वरको नाउँमा तिनीहरूलाई शपथ खान लाएँ, “तिमीहरू आफ्ना छोरीहरू उनीहरूका छोराहरूसित विवाह गरिदिनेछैनौ, अथवा उनीहरूका कुनै पनि छोरीहरू तिम्रा छोराहरूसित वा तिमीहरू आफै विवाह गर्नेछैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई हप्काएँ, र सरापको भागीदार बनाएँ। मैले केही मानिसहरूलाई पिटेँ; अनि तिनीहरूका केश उखेलिदिएँ। मैले तिनीहरूलाई परमेश्वरको नाममा शपथ खान लगाएर भनेँ, “तिमीहरूले आफ्ना छोरीहरूलाई तिनीहरूका छोराहरूसित विवाह गर्न दिनेछैनौँ, न त तिमीहरूले आफ्ना छोराहरूका निम्ति अथवा आफ्नै निम्ति तिनीहरूका छोरीहरू विवाह गरेर ल्याउँनेछौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मैले तिनीहरूसित बहस गरें अनि मैले तिनीहरूलाई श्राप दिएँ। मैले केही मानिसहरूलाई पीटें अनि तिनीहरूको दाह्री तानी दिएँ। तिनीहरूलाई परमेश्वरको नाउँमा शपथ खान लगाए, “तिनीहरूलाई आदेश दिए तिनीहरूका छोरीहरूलाई विवाह नगर, नता तिनीहरूको छोरीहरूले तिमीहरू छोरासित विवाह गरोस्, नता यस्तो विदेशीहरूले तिमीहरूको छोरीहरू सित विवाह गरोस्।