Nehemiah 13:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुख्‍य पूजाहारी एल्‍यासीबको छोरो योयादाको एक जना छोरोले बेथ-होरोन निवासी सन्‍बलतकी छोरीसँग विवाह गरेको थियो। यसैकारण मैले योयादालाई यरूशलेम छोड्‍न लाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रधान पूजाहारी एल्‍यासीबका छोरा योयादाको एक जना छोराले होरोनी सन्‍बलतकी एउटी छोरीलाई विवाह गरेको रहेछ। यसैकारण मैले त्‍यसलाई मेरो सामुबाट निकालिदिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रधान पुजारी एल्यासीबका एक जना छोरा यहोयादाचाहिँ होरोनी सन्बलतका जुवाइँ थिए। मैले त्यसलाई त्यहाँबाट निकालिदिएँ।
Nepali ERV (पवित्र बाइबल)
यहोयादा एकजाना प्रधान पूजाहारी एल्याशीबका छोरा थिए, उसको छोरा-छोरीले होरोनी सम्बलतको छोरीलाई विवाह गरेको थिए। मैले उसलाई म बाट टाढ खेदि दिएँ।