Nehemiah 13:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बलि चढाउन दाउरा ठीक ठहराएको समयमा मन्दिरमा ल्याउन पाउने प्रबन्ध मिलाएँ र मानिसहरूले पहिलो अन्न र फलफूल समयमा मन्दिरमा ल्याउने प्रबन्ध पनि मिलाएँ। यी सबै सम्झना गर्नुहोस्, हे परमेश्वर र मलाई आशिष् दिनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ठहरिएको समयमा दाउराको दान ल्याउने र अगौटे फलको निम्ति पनि मैले व्यवस्था मिलाइदिएँ। हे परमेश्वर, तपाईंको निगाहमा मेरो सम्झना रहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तोकिएको समयको लागि काठको दान र अगौटे फलको व्यवस्था पनि गरिदिएँ। हे मेरा परमेश्वर, असल कुराका निम्ति मलाई सम्झनुहोस्!
Nepali ERV (पवित्र बाइबल)
मैले आज्ञा गरे कि मानिसहरूका काठको उपहारहरू अनि अगैटे फलहरू सही समयामा नै ल्याओस्। हे मेरो परमेश्वर, मैले यी असल कुराहरू गरेको निम्ति सम्झना गर्नु होस्।