Nehemiah 13:5 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले तोबियालाई मन्‍दिरको एउटा ठूलो कोठा चलाउन दिए। वास्‍तवमा पहिले मन्‍दिरमा ल्‍याइएका दान, अन्‍न, धूप, मन्‍दिरका ठूल्‍ठूला पूजाहारीलाई दिइएका दान, अन्‍नका दशौँ हिस्‍सा, दाखमद्य र लेवी, गवैया र पहरादारहरूलाई दिइएका भद्राक्षको तेल इत्‍यादि राख्‍नलाई मात्र त्‍यो कोठा चलाइन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले उनलाई पहिले अन्‍नबलि, धूपहरू, मन्‍दिरका भाँड़ाहरू अनि लेवीहरू, गवैयाहरू र द्वारपालहरूका निम्‍ति तोकिएका अन्‍नको दशौँ अंश, नयाँ दाखमद्य र तेल तथा पूजाहारीहरूका निम्‍ति दान राख्‍ने एउटा ठूलो कोठा दिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एल्यासीबले तोबियाहलाई एउटा ठूलो कोठा व्यवस्था गरिदिएका थिए, जहाँ पहिले अन्‍नबलिहरू, धूप र मन्दिरका सामानहरू र लेवीहरूका, सङ्गीतकारहरू र द्वारपालहरूका निम्ति तोकिएका अन्‍नका नयाँ दाखमद्यका र जैतुन तेलका दशांशहरूको साथमा पुजारीहरूका निम्ति भेटीहरू राखिन्थे।