Nehemiah 13:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो भएको बेलामा म यरूशलेममा थिइनँ, कारण अर्तासास्‍त राजाले राज्‍य गरेको बत्तिसौं वर्षमा म राजाकहाँ कामको विवरण दिनलाई बेबिलोन गएको थिएँ। केही समयपछि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यी सबै भइरहेको बेला मचाहिँ यरूशलेममा थिइनँ, किनभने बेबिलोनका राजा अर्तासास्‍तको बत्तीसौँ वर्षमा म राजाकहाँ फर्केको थिएँ। केही समयपछि यरूशलेममा फर्किजानलाई मैले उहाँको अनुमति मागें,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यी सबै कुराहरू हुँदै गर्दा मचाहिँ यरूशलेममा थिइनँ; किनकि बेबिलोनका राजा अर्तसास्तको बत्तीसौँ वर्षमा म राजाकहाँ फर्किगएको थिएँ। केही समयपछि मैले राजाबाट अनुमति मागेँ,
Nepali ERV (पवित्र बाइबल)
यी सबै भएको बेला म यरूशलेममा थिइनँ। किनकि बाबेलका राजा आर्ट-जारसेजको 32औं वर्षमा म राजाकहाँ फर्केर गएको थिएँ। आखिरमा मैले राजाबाट अनुमति मागें।