Nehemiah 13:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाको अनुमति पाएर म यरूशलेम फर्कें। तब एल्‍यासीबले तोबियालाई मन्‍दिरको कोठा दिएको देखेर म छक्‍कै परें र औधी दु:खी भएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र यरूशलेममा फर्कें। त्‍यसपछि तोबियाको निम्‍ति परमप्रभुको भवनका चोकहरूमा एउटा कोठा दिएर एल्‍यासीबले गरेको खराब कुरो मैले थाहा पाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र म यरूशलेममा फर्किआएँ। तब एल्यासीबले तोबियाहलाई परमेश्‍वरको भवनका चोकमा एउटा कोठा दिएर दुष्‍ट काम गरेको कुरा मैले थाहा पाएँ।
Nepali ERV (पवित्र बाइबल)
अनि म यरूशलेम फर्कें। तब परमेश्वरको मन्दिरको आँगनमा तोबियाहको निम्ति एउटा कोठाको प्रबन्ध गरिदिएको एल्याशीबाको दुष्कर्म मैले थाहा पाएँ।