Nehemiah 2:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पश्‍चिमपट्टि बेसीको मूल-ढोकाबाट म राती सहरदेखि निस्‍कें। दक्षिणतर्फ अजिङ्गरे भनिने पानीको फोहोरा नाघेर म घुर्‍याने मूल-ढोकासम्‍म गएँ। बाटामा मैले सहरका भत्‍केका पर्खाल र आगाले नष्‍ट भएका फाटकहरू हेरेर जाँच गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म राती बेँसी ढोकाबाट बाहिर निस्‍कें, र यरूशलेमका पर्खालहरू भत्‍केका र मूल ढोकाहरू जलाइएका ठाउँको निरीक्षण गर्दै म फोहोर ढोका र स्‍यालको पोखरीतिर गएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म राति नै बेँसीको मूलढोका हुँदै स्याल पोखरी र फोहोरे मूलढोका भएर यरूशलेमका पर्खालहरू जाँच गर्दैगएँ, जुनचाहिँ भत्काइएका र त्यसका मूलढोकाहरू आगोले जलाएर भस्म पारिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
राती म बेंसीद्वार अनि अजीङ्गरे कुवा सामन्ने भएर घुर्याने-मूल ढोका सामन्ने गएँ अनि म यरूशलेमको भत्किएको पर्खाल अनि त्यसका आगोले नष्ट पारेको ढोकाहरू जाँच गर्दै थिएँ।