Nehemiah 2:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म ओह्रालो किद्रोनको बेसीमा गएर पर्खालहरू हेर्दै आफ्ना सवारमा अघि बढें। त्यसपछि त्यही बाटो भएर म फर्कें र बेसीको मूल-ढोकाबाट सहरमा पसें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले म राती बेँसीबाट उक्लेर गएँ, र सहरका पर्खालको निरीक्षण गरें। त्यसपछि म फेरि बेँसी ढोका भएर सहरमा पसें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण पर्खालहरू जाँच गर्दै म राति नै बेँसीमा उक्लेँ। आखिरमा म फर्केर बेँसीको मूलढोका हुँदै सहरभित्र पसेँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म बेंसी भएर राती गएँ, अनि मैले पर्खाल हेरिरहेको थिएँ म फर्किएर बेंसीको द्वार भित्र पसें अनि त्यही बाटो फर्के।