Nehemiah 2:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म कहाँ गएँ र के गरें, सहरका कोही अधिकारीहरूले पनि थाहा पाएनन्। मेरा यहूदी भाइ-बन्‍धुहरूलाई पनि मैले यतिञ्‍जेल केही भनेको थिइनँ। पुरोहित, अगुवा, अधिकारी वर्ग र अरूबाट मैले पछि आफ्‍ना कामको निम्‍ति मद्दत लिनुपर्ने थियो; तर त्‍यतिञ्‍जेल तिनीहरू कसैलाई पनि केही भनेको थिइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म कहाँ गएँ र के गरें, सो अधिकारीहरूले थाहा नपाई म फर्केर आएँ। अझसम्‍म यहूदीहरू, पूजाहारीहरू, भारदारहरू, अधिकारीहरूलाई वा यस कामको जिम्‍मा लिनेहरू कसैलाई पनि मैले केही भनेको थिइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अधिकारीहरूलाई म कहाँ गएको थिएँ, अथवा मैले के गर्न लागेको थिएँ, त्यो कुरा थाहा भएन। किनकि मैले यहूदीहरू वा पुजारीहरू वा अधिकारीहरू वा अधिकृतहरू, अर्थात् अरू कामको जिम्मा लिने कसैलाई पनि केही भनेको थिइनँ।
Nepali ERV (पवित्र बाइबल)
अधिकारीहरूलाई थाहा भएन म कहाँ गएको थिएँ वा मैले के गर्दै थिएँ, मैले अझसम्म यहूदीहरू, महा-पूजाहारीहरू अथवा बाँकीरहेका अधिकारीहरू जो काम गरिरहेका थिए कसैलाई भनेको थिइनँ।