Nehemiah 2:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब अन्‍तमा मैले तिनीहरूलाई भनें, “हेर, हाम्रो कस्‍तो दुदर्शा छ, यरूशलेम ध्‍वंस भएको छ, त्‍यसका फाटकहरू भस्‍म भएका छन्। आओ, सहरका पर्खालहरू फेरि नयाँ गरी बनाऔं र हाम्रो बेइज्‍जती मेटाऔं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि मैले तिनीहरूलाई भनें, “तिमीहरू हाम्रो दुर्दशा जान्‍दछौ। यरूशलेम उजाड़ भएको छ। त्‍यसका मूल ढोकाहरू आगोले भस्‍म भएका छन्‌। आओ, हामी यरूशलेमको पर्खालको पुनर्निर्माण गरेर हाम्रो निन्‍दा हटाऔं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले तिनीहरूलाई भनेँ, “हामी जुन कष्‍टमा छौँ, त्यो तिमीहरूले देखेका छौ: यरूशलेम भत्किएको अवस्थामा छ, र यसका मूलढोकाहरू आगोले जलाइएका छन्। आओ, हामी यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ। तब हामी फेरि अपमानित भएर रहन पर्नेछैन।”
Nepali ERV (पवित्र बाइबल)
तब मैले तिनीहरूलाई भने, “तिमीहरूले हामीहरूमा परेको कष्ट हेर यरूशलेम कस्तो ध्वंशावशेषमा छ अनि यसका ढोकाहरू आगोद्वारा जलेका छन्। आऊ, हामी यरूशलेमको पर्खालको पुनःनिर्माण गरौं, जसमा कि हामी अझ अपमान बेइज्जतको बस्तु रहने छैनौं।”