Nehemiah 2:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरूलाई कसरी परमेश्‍वरले मसँग हुनुभएर मेरो मद्दत गर्नुभएको थियो र राजाले के, कसो भनेका थिए, सबै भनेर सुनाएँ। तिनीहरूले उत्तरमा भने, “हामी फेरि सहर र पर्खाल बनाउने काम सुरु गरौं।” र तिनीहरू काम गर्न तयार भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको कृपालु हात कसरी ममाथि परेको थियो, र राजाले मलाई के भन्‍नुभएको थियो, सो मैले तिनीहरूलाई बताइदिएँ। तिनीहरूले जवाफ दिए, “हामी पुनर्निर्माणको काम सुरु गरौं।” यसैले तिनीहरूले उत्‍साहपूर्वक यो असल काम सुरु गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ममाथि मेरा परमेश्‍वरका अनुग्रही हात रहेको र राजाले मलाई भन्‍नुभएका सबै कुरा मैले तिनीहरूलाई भनिदिएँ। तिनीहरूले जवाफ दिए, “हामी पुनर्निर्माणको काम सुरु गरौँ।” यसरी तिनीहरूले यो असल काम सुरु गरे।
Nepali ERV (पवित्र बाइबल)
मैले तिनीहरूलाई भनें, कसरी मेरो निम्ति परमेश्वर दयालू हुनभयो। अनि राजाले मलाई के भन्नु भएको थियो। तब तिनीहरूले भने, “हामी पुनःनिर्माण शुरू गरौ।” यसरी यो महान कार्यको तयारीको निम्ति तिनीहरूले स्वयंलाई उत्साहित तुल्याए।