Nehemiah 2:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जब सन्बलत, तोबिया र गेशेम नाम गरिएको एक जना अरबीले हामी के गर्न आँटेका छौं भनी सुने, तिनीहरूले हाम्रो हाँसो उडाए र भने, “तिमीहरूले के गर्न लागेका छौ? के तिमीहरू राजाको विरुद्ध विद्रोह गर्ने?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर होरोनी सन्बलत र अम्मोनी अधिकृत तोबिया र अरबी गेशेमले यो कुरा सुनेर हामीलाई यसो भनेर खिसी गर्दै हाम्रो गिल्ला गर्न लागे, “तिमीहरू के गरिरहेछौ? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब होरोनी सन्बलत, अधिकृत अम्मोनी तोबियाह र अरबी गेशेमले यस बारेमा सुने, तब तिनीहरूले हाम्रो खिल्ली उडाए, र हाम्रो गिल्ला गरे। तिनीहरूले सोधे, “तिमीहरूले यो के गरेको? के यो राजाको विरुद्धमा गरेको विद्रोह होइन र?”
Nepali ERV (पवित्र बाइबल)
जब होरोनी सम्बलत, अम्मोनी अधिकारी, अधिकारी तोबियाह र अरबी गेशेमले सुने तिनीहरूले हामीलाई गिल्ला गरें र भने, “तिमीहरूले यो के गरिरहेका छौ? के का निम्ति तिमीहरू राजाको विरोध गरीरहेछौ?”