Nehemiah 2:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले उत्तर दिएँ, “स्वर्गका परमेश्वरले हामीलाई सफल गराउनुहुनेछ। हामी उहाँका सेवकहरू हौं अनि सहर र पर्खाल बचाउन सुरु गर्न लागेका छौं। तर यरूशलेममा भएका कुनै सम्पत्तिमाथि तिमीहरूको अधिकार छैन, यसको परम्परामा पनि तिमीहरूको केही भाग छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मैले उनीहरूलाई यो जवाफ दिएँ, “स्वर्गका परमेश्वरले हामीलाई सफल तुल्याउनुहुनेछ। हामी उहाँका दासहरू पुनर्निर्माणको काम सुरु गर्दैछौं। तर यरूशलेममा तिमीहरूको केही भाग, दाबी वा परम्पराको अधिकार छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई यसो भनेर जवाफ दिएँ, “स्वर्गका परमेश्वरले हामीलाई सफलता दिनुहुनेछ। हामी उहाँका सेवकहरूले पुनर्निर्माणको काम सुरु गर्दैछौँ। तर तिमीहरूको बारेमा चाहिँ यरूशलेममा तिमीहरूको कुनै हिस्सा छैन, वा यसमा कुनै दाबी छैन; न त ऐतिहासिक अधिकार नै छ।”
Nepali ERV (पवित्र बाइबल)
मैले तिनीहरूलाई भनें “स्वर्गका परमेश्वरले हामीलाई सफलता प्रदान गर्नुहुनेछ। हामी उहाँका सेवकहरू पुनःर्निर्माण शुरूगर्नेछौ, तर तिमीहरूको भाग, (कानूनी) अधिकार वा सनातनी दाबी यरूशलेममाथि छैन।”