Nehemiah 2:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र राजालाई भनें, “राजा मसँग खुसी हुनुहुन्‍छ र दासको बिन्‍ती ग्रहण गर्नुहुन्‍छ भने मलाई यहूदा देशमा जाने आज्ञा दिनुहोस्, त्‍यहाँ मेरा पुर्खाहरू गाडिएका छन् र फेरि त्‍यो सहर नयाँ गरी बनाउन पाऊँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले स्‍वर्गका परमेश्‍वरलाई प्रार्थना गरें, अनि मैले राजालाई यो जवाफ दिएँ, “हजूरलाई असल लागे, र म हजूरको निगाह-पात्र भएको छु भने मेरा पुर्खाहरू गाड़िएको सहरलाई पुनर्निर्माण गर्न मलाई यहूदामा पठाइबक्‍सिओस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले राजालाई जवाफ दिएँ, “यदि राजालाई असल लाग्छ र यदि तपाईंको सेवकले राजाको दृष्‍टिमा निगाह प्राप्‍त गरेको छ भने मलाई मेरा पितापुर्खाहरू गाडिएको सहर यहूदामा जाने अनुमति दिइयोस्, ताकि म त्यस सहरलाई पुनर्निर्माण गर्न सकूँ।”
Nepali ERV (पवित्र बाइबल)
र राजालाई भनें, “यदि राजालाई खुशी लाग्छ भने तथा यदि तपाईंको सेवकले तपाईंलाई खुशी तुल्याएको भए मलाई यहूदामा पठाइदिनु होस जहाँ मेरो पिता-पुर्खाहरू गाढिएकाछन्। जसमा म पुनःर्निर्माण गर्नसकूँ।”