Nehemiah 2:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले मेरो बिन्ती स्वीकार गरे। रानी पनि साथमा थिइन्। राजाले सोधे, “तिमी कति दिनका निम्ति जान्छौ र कहिलेसम्म फर्कन्छौ?” मैले राजालाई सो बारेमा बताइदिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नी पत्नी रानी पनि साथमा बसेका राजाले मलाई सोध्नुभयो, “यात्रालाई कति समय लाग्ला, र तिमी कहिले फर्कन सक्छौ?” मलाई जान दिन राजा राजी हुनुभएकोले मैले समय निर्धारण गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले, रानी पनि उनको साथमा बसिरहेकी अवस्थामा मलाई सोध्नुभयो, “यात्राको लागि तिमीलाई कति समय लाग्नेछ र तिमी कहिले फर्कनेछौ?” मलाई यरूशलेम पठाउन राजालाई असल लाग्यो। यसकारण मैले यरूशलेम जान समय निर्धारण गरेँ।
Nepali ERV (पवित्र बाइबल)
तब राजाले उनको छेउमा बसेकी रानी साथ मलाई भन्नुभयो, “तिम्रो यात्रा कति लामो हुन्छ अनि तिमी कहिले फर्कन्छौ?” यसर्थ मलाई पठाउन राजा खुशी हुनु भयो, जब मैले उनलाई कतिलामो समयको निम्ति म जान्छु भनी बताएँ।