Nehemiah 2:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाका वन विभागका अधिकारी आसापको नाउँमा पनि मन्‍दिरको रक्षाको निम्‍ति बनेका किल्‍लाका ढोका र फाटकहरू बनाउन अनि सहरका पर्खालहरू र मेरो बस्‍ने घर बनाउन चाहिने काठपात दिनू भन्‍ने एउटा आज्ञा-पत्र मागें। मैले मागेको सबै कुरा राजाले दिए किनभने परमेश्‍वर मसँग हुनुहुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्‍दिरसित गाँसिएको गढ़ीका मूल ढोकाहरू, र सहरको पर्खाल र म बस्‍ने घरको निम्‍ति सत्तरीहरू बनाउन मलाई काठपात जुटाइदेऊन् भनी हजूरको राजकीय वनको रेखदेख गर्ने मानिस आसापलाई आदेश दिएर मलाई एउटा पत्र दिइबक्‍सिओस्‌।” राजाले मेरो बिन्‍ती मन्‍जूर गर्नुभयो, किनभने मेरा परमेश्‍वरको कृपालु हात ममाथि रहेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि के म राजकीय वनका अधिकारी आसापलाई लेखिएको एउटा पत्र पनि पाउन सक्छु; ताकि मन्दिरको छेउको किल्‍लाका मूलढोकाहरूका निम्ति चौकस, सहरको पर्खाल र म बस्‍ने घरको निम्ति काठहरू तिनले मलाई देऊन्?” मेरा परमेश्‍वरका अनुग्रही हात ममाथि रहेको कारण राजाले मेरा बिन्तीहरूमा मन्जुर हुनुभयो।
Nepali ERV (पवित्र बाइबल)
अनि राजाको जङ्गलका रक्षक असापलाई दिने असापको ठेगाना भएको पत्र मलाई दिइयोस्, जसद्वारा उसले मलाई मन्दिरको किल्लाका द्वाराहरू, शहरका पर्खालहरू। अनि मेरो घर बनाउनका निम्ति काठहरू दिनेछन्। अनि राजाले मलाई मैले जे मागेको थिएँ दिनु भयो किनभने परमेश्वर म प्रति दयालू हुनुहुन्थ्यो।