Nehemiah 2:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले केही घोडसवार सैनिक र अफिसरहरू पठाइदिए र म यूफ्रेटिसपारि पश्चिमतिरको प्रान्तमा पुगें। राजाका आज्ञा-पत्रहरू मैले त्यहाँका प्रान्तका हाकिमहरूलाई दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समयमा यूफ्रेटिस पारिको प्रान्तका राज्यपालहरूकहाँ म आइपुगें। उनीहरूलाई मैले राजाका पत्रहरू दिएँ। राजाले मेरो साथमा जानलाई घोड़चढ़ीहरू र सेनाका अधिकृतहरू दिनुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म यूफ्रेटिस नदीपारिका राज्यपालहरूकहाँ गएँ, र तिनीहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मसित सेनापतिहरू र घोडचढीहरू पनि पठाइदिनुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म यूफ्रेटिस नदी पश्चिमका राज्यपाल कहाँ गएँ, अनि तिनीहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मेरो साथ सैनिक अधिकारीहरू अनि घोडसवारहरू पठाउनु भएको थियो।