Nehemiah 3:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरको पर्खाल यसरी फेरि बनियो। मुख्य पूजाहारी एल्यासीब र उनका अरू पूजाहारी साथीहरू मिलेर भेडा-ढोका बनाए, त्यसलाई समर्पण गरे र त्यसका फाटकहरू खडा गरे। त्यसरी तिनीहरूले पर्खाललाई सय-सयको बुर्जा र हननेलको बुर्जासम्म मर्मत गरेर लगे र तिनलाई पवित्र गरी समर्पण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रधान पूजाहारी एल्यासीब र तिनका सङ्गी-पूजाहारीहरूले काम सुरु गरेर भेड़ा ढोकाको पुनर्निर्माण गरे। तिनीहरूले त्यसका ढोकाहरू खड़ा गरे। तिनीहरूले यो काम सयको बुर्जा र हननेलको बुर्जासम्मै सके र त्यसलाई अर्पण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रधान पुजारी एल्यासीब र तिनका सहयोगी पुजारीहरूले काम सुरु गरेर भेडा ढोकाको पुनर्निर्माण गरे। तिनीहरूले भेडा ढोकालाई समर्पण गरे, र ढोकाहरूलाई त्यसका ठाउँमा खडा गरे। तिनीहरूले यो काम सयको धरहरासम्मै र हननेलको धरहरासम्मै तिनीहरूले काम सके, र त्यसलाई अर्पण गरे।
Nepali ERV (पवित्र बाइबल)
एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेडा-ढोका फेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले सयको हन्मेआ बुर्जासम्म अनि हननेलको बुर्जासम्म समर्पण गरे।