Nehemiah 3:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेसीको मूल-ढोका हानून र जानोह सहरका बासिन्दाहरूले बनाए। तिनीहरूले फाटकहरू ठीक ठाउँमा बसाले, ती बन्द गर्ने छेस्किनी र आग्लाहरू लगाए र चार सय चालीस मिटर पर्खाल मर्मत गरेर घुर्याने-ढोकासम्म लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेँसी ढोकाचाहिँ हानून र जानोहका बासिन्दाहरूले मरम्मत गरे। तिनीहरूले त्यो पुनर्निर्माण गरे, र छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले, र फोहोर ढोकासम्मै चार सय पचास मिटर लामो पर्खाल मरम्मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेँसी ढोकाचाहिँ हानून र जानोह सहरका बासिन्दाहरूले मर्मत गरे। तिनीहरूले त्यो पुनर्निर्माण गरे; अनि छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले। तिनीहरूले फोहोरी मूलढोकासम्म नै एक हजार क्यूबिट लामो पर्खाल मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
हानून अनि जानोहमा बस्ने मानिसहरूले बेंसीको-ढोका मर्मत गरे। तिनीहरूले त्यसलाई फेरि बनाए अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू बनाए। तिनीहरूले घुर्याने-मूल-ढोका सम्म 500 गज पर्खाल मर्मत गरे।