Nehemiah 3:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घुर्‍याने-ढोकाचाहिँ बेथ-हक्‍केरेम जिल्‍लाका शासक रेकाबको छोरा मल्‍कियाहले बनाए। उनले फाटकहरू ठीक ठाउँमा बसालेर ती बन्‍द गर्ने छेस्‍किनी र आग्‍लाहरू लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फोहोर ढोकाचाहिँ बेथ-हक्‍केरेम जिल्‍लाका शासक रेकाबका छोरा मल्‍कियाहले मरम्‍मत गरे। तिनले त्‍यो पुनर्निर्माण गरी छेस्‍किनीहरू र आग्‍लाहरू लगाएर त्‍यसका ढोकाहरू बसाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घुरान मूलढोकाचाहिँ मल्कियाह रेकाबका छोरा, बेथ-हक्‍केरेम जिल्‍लाका शासकले मर्मत गरे। तिनले त्यसलाई पुनर्निर्माण गरेर त्यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू ठिक ठाउँमा लगाए।
Nepali ERV (पवित्र बाइबल)
रेकाबका छोरा मल्कियाह बेत हक्केरेम जिल्लाका शासकहरूले घुर्याने-मूलढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणगरे अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू लगाए।