Nehemiah 3:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिस्‍पा जिल्‍लाका शासक कोल-होजेको छोरा शल्‍लूनले फोहोरा ढोका बनाए। उनले फाटकको प्रवेश— द्वारमाथि छाना हाले, फाटकहरू बसाले र छेस्‍किनी र आग्‍लाहरू लगाए। सिलोआमको पोखरीनिर राजाको बगैँचाछेउको पर्खाल बनाएर उनले दाऊदको सहर पस्‍ने खुट्‌किलाहरूसम्‍म मरमत गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फुहारा ढोकाचाहिँ मिस्‍पा जिल्‍लाका शासक कोल-होजेका छोरा शल्‍लूनले मरम्‍मत गरे। तिनले त्‍यो पुनर्निर्माण गरेर त्‍यसका छाना लगाए, र त्‍यसका छेस्‍किनीहरू र आग्‍लाहरू लगाएर त्‍यसका ढोकाहरू बसाले। तिनले राजाका बगैँचाको छेउमा भएको सिलोआमको तलाउको पर्खाल दाऊदको सहरबाट ओर्लने खुट्‌किलाहरूसम्‍मै मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फोहरा मूलढोका शल्‍लूम कोल-होजेका छोरा, मिस्पा जिल्‍लाका शासकले मर्मत गरे। तिनले त्यसलाई पुनर्निर्माण गरे। त्यसमाथि छाना लगाए र त्यसका ढोकाहरू, छेस्किनीहरू र आग्लाहरू ठिक ठाउँमा लगाए। तिनले राजाको बगैँचाको छेउको सिलोआमको पोखरीको पर्खालहुँदै दावीदको सहरबाट तल झर्ने खुड्‌किलाहरूसम्मै मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
कोल-होजेका छोरा शल्लूम, मिस्पा जिल्लाका शासकहरूले फोहोरा मूल-ढोका मर्मत गरे। तिनले यसको पुनःर्निर्माणअनि छप्पर लगाए अनि त्यसका ढोकाहरूको, चुकुलहरू अनि बारहरू लगाए। तिनले राजाको बगैंचा छेऊ शेलाहको तलाउ पर्खाल पनि दाऊद शहर देखि तलतिर गएको खुड्किलाहरू सम्म मर्मत गरे।