Nehemiah 3:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आधा बेथ-सर जिल्‍लाका शासक अज्‍बूकको छोरो नहेम्‍याहले अर्को हिस्‍सा बनाएर दाऊदका चिहान, पोखरी र सेनाका छाउनीसम्‍म मर्मत गरेर लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको छेउमा बेथ-सरको आधा जिल्‍लाका शासक अज्‍बूकका छोरा नहेम्‍याहले दाऊदका चिहानको सामुको एउटा जग्‍गा, बनावटी पोखरी र वीरहरूको घरसम्‍म मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको पछिको भाग नहेम्याह अज्बूकका छोरा, बेथ-सूरको आधा जिल्‍लाका शासकले दावीदका राजकीय चिहानहरूका सामु बनावटी पोखरी र वीर लडाकुहरूका घरसम्म मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनको पछि नहेम्याह अज्जबूका छोरा, बेत-सूरको आधा जिल्लाका शासकहरूले दाऊदको चिहान देखि पारीको स्थान कृत्तिम तलाउ अनि योद्धाहरूको छाउनीसम्म मर्मत गरे।