Nehemiah 3:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[25-26] पर्खालको सो कुनादेखि पालेहरूका चोकछेउ माथिल्लो राजमहलको बुर्जासम्म उज्जैको छोरो पालालले बनाए। अर्को हिस्सा पूर्वपट्टि पानी-ढोका र मन्दिरको रक्षाको निम्ति बनेको बुर्जासम्म परोशको छोरो पदायाहले बनाए। (यो सहरको ओफेल भनिने भागमा थियो, जहाँ मन्दिरमा काम गर्नेहरू बास गर्थे।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उज्जैका छोरा पालालले कोण र रक्षकहरूका चोकनेरको माथिल्लो महलदेखि बाहिर निस्केको बुर्जाको सामुन्ने मरम्मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पलाल उज्जैका छोराले छेउको कुना र रक्षकहरूका चोकनिरको माथिल्लो राजमहलबाट देखिने धरहरासम्म मर्मत गरे। तिनको पछिको भाग पदायाह परोशका छोरा,
Nepali ERV (पवित्र बाइबल)
तिनको छेउमा उज्जैका छोरा पालालले बाङ्गीएको एउटा ठाउँ देखि लिएर राजाको घर देखि निस्कीएको बुर्जा जोडीएको ठाउँसम्म निर्माण गरे यो रक्षकहरूको माथिल्लो बुर्जा थियो। त्यसको छेउमा परोशका छोर पदायाले मर्मत गरे।