Nehemiah 3:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मल्‍कियाह भनिने सुनारले एक हिस्‍सा बनाएर मन्‍दिरमा काम गर्नेहरू बास गर्ने र व्‍यापारीहरूले पनि चलाउने भवनसम्‍म पर्खाल पुर्‍याए। यो भवन पर्खालको उत्तर-पूर्वपट्टि कुनाको टुप्‍पामा बनेको कोठाको नजिक मन्‍दिरको मिफकद भनिने ढोकाको छेउमा पर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको छेउमा सुनार मल्‍कियाहले निरीक्षण ढोकाका सामुन्‍नेको, मन्‍दिरका सेवकहरू र व्‍यापारीहरूको घरसम्‍म र कुनाका मास्‍तिरको कोठासम्‍म मरम्‍मत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको पछि सुनारहरूमध्येका एक मल्कियाहले निरीक्षण मूलढोकाको सामु मन्दिरका सेवकहरू र व्यापारीहरूको घरसम्मै, र कुनाको माथिको कोठासम्मै मर्मत गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनको पछि मल्किया, सुनारले मन्दिरको सेवकहरू अनि व्यपारीका घरहरूसम्म माथिल्लो कोठाको कुनासम्म मर्मत गरे।