Nehemiah 3:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पसेहको छोरा योयादा र बसोदयाहको छोरा मशुल्लामले पुरानो ढोका बनाए, तिनीहरूले बीमहरू र फाटकहरू बसाले र फाटक बन्द गर्ने छेस्किनी र आग्लाहरू लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशना ढोका पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले मरम्मत गरे। तिनीहरूले त्यसका सत्तरीहरू बसालेर छेस्किनी र आग्लाहरू लगाएर ढोकाहरू खड़ा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशना ढोकाचाहिँ यहोयादा पसेहका छोरा र मशुल्लाम बसोदयाहका छोराले मर्मत गरे। तिनीहरूले त्यसका चौकसहरू बसाले, र त्यसका ढोकाहरू, छेस्किनी र आग्लाहरू ठिक ठाउँमा लगाए।
Nepali ERV (पवित्र बाइबल)
पासेहका छोरा योयादा अनि बसोदयाहका छोरा मशुल्लमले पूरानो ढोका मर्मत गरे। तिनीहरूले यसको छप्पर मर्मत गरे ती ढोकाहरूमा चुकुल अनि बारहरू लगाए।
Recommended Reading