Nehemiah 3:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिबोनवासी मलत्‍याह, मेरोनोतवासी यादान, गिबोन र मिस्‍पाका मानिसहरूले अर्को हिस्‍सा यूफ्रेटिसको पश्‍चिमतर्फको प्रान्‍तको बडा-हाकिमको बासस्‍थानसम्‍म बनाएर लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका छेउमा गिबोनी मलत्‍याह र मेरोनोती यादान, गिबोन र मिस्‍पाका मानिसहरूले मरम्‍मत गरे। तिनीहरू यूफ्रेटिस पारिको प्रान्‍तका राज्‍यपालको अधिकारमुनि थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका छेउको भाग गिबोनी र मिस्पाका मानिसहरूले मर्मत गरे, अर्थात् गिबोनको मलत्याह र मरोनोतीको यादोन—तिनीहरू यूफ्रेटिस नदीपारिका प्रान्तका अधिकृतहरूको अधिकारमुनि थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको छेउमा गिबोनी मलत्याह अनि मेरोनोती यादानले गिबोनका मानिसहरू अनि नदी यूफ्रटेस प्रदेश पश्चिम प्रदेशको राज्यपाल अधिकारमा मिस्पाका मानिसहरू सहित मर्मत गरे।