Nehemiah 3:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुनार हरयाहको छोरो उज्जीएलले त्यस पछिको भाग बनाए। अत्तर बनाउने हनन्याहले अर्को हिस्सा बनाएर चौडा पर्खालसम्म पुर्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुनार हरयाहका छोरा उज्जीएलले अर्को भाग मरम्मत गरे। त्यसका छेउको भाग अत्तर बनाउने हनन्याहले मरम्मत गरे। तिनीहरूले चौड़ा पर्खालसम्मै यरूशलेमको पुनर्निर्माण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुनारहरूमध्ये एक जना उज्जीएल हरहायाहका छोराले अर्को भाग मर्मत गरे; अत्तर बनाउनेहरूमध्ये एक जना हनन्याहले त्यस पछिको भाग मर्मत गरे। तिनीहरूले चौडा पर्खालसम्म यरूशलेमलाई पुनर्निर्माण गरे।
Nepali ERV (पवित्र बाइबल)
उसको छेउमा सुनार हर्हयाहका छोरा उज्जीएलले, मर्मत गरे। अनि उसको छेउमा हनन्याह, एकजना अत्तर बनाउनेले मर्मत गरे। अनि तिनीहरूले यरूशलेमको चौडा पर्खालको भाग पुनःर्निर्माण गरे।