Nehemiah 4:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा विरोधीहरूले पनि भने, “तिनीहरूले चाल पाउनु वा देख्‍नुअघि नै हामी तिनीहरूमाथि हमला गरेर तिनीहरूलाई मारिदिनेछौं र यस कामलाई नाश पारिदिनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा विरोधीहरूले पनि भने, “तिनीहरूले चाल पाउन वा देख्‍न अघि नै हामी तिनीहरूमाथि जाइलागेर तिनीहरूलाई मारिदिनेछौं र यस कामलाई खतम पारिदिनेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हाम्रा शत्रुहरूले भने, “तिनीहरूले थाहा पाउन वा हामीलाई देख्नभन्दा अगाडि नै, हामी तिनीहरूका बीचमा जानेछौँ, तिनीहरूलाई मारिदिनेछौँ र यस कामको अन्त्य गरिदिनेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
अनि हाम्रा शत्रुहरूले भने, ‘तिनीहरूले यहूदीहरू हामीहरू तिनीहरूको माझ आएर तिनीहरूलाई मारेर काम नरोकेसम्म केही पनि जान्ने अनि देख्ने छैनन्।”