Nehemiah 4:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी दिनहुँ बिहान घाम उदाएदेखि राती तारा ननिस्कुञ्जेलसम्म हामी आधासरो मानिस पर्खालमा काम गर्थ्यौं र आधासरो भाला लिएर पहरा दिन्थ्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी हामीले हाम्रो काम जारी राख्यौं। सूर्योदयदेखि सूर्यास्तसम्म आधा मानिसहरू भाला लिएर बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी आधा मानिसहरूले भाला समातेर पहरा गरेको अवस्थामा, अरू आधा मानिसहरूले चाहिँ बिहान उज्यालो भएदेखि राति तारा देखा पर्न थालुन्जेलसम्म काम गरिरह्यौँ।
Nepali ERV (पवित्र बाइबल)
यसरी बिहानको पहिलो किरण फैलिए देखि राती तारा ननिस्केसम्म आधा मानिसहरूले भाला समातेर हामीले लगातार काम गरि रह्यौ।