Nehemiah 4:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति बेला मैले मुखियाहरूलाई भनें, “तिमीहरू राती आफ्ना मानिसहरूसँग यरूशलेमभित्रै बस्नुपर्छ, त्यसो गर्दा हामीले राती पहरा दिन सक्छौं र दिउँसो काम गर्न सक्छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला मैले मानिसहरूलाई यसो पनि भनें, “हाम्रा निम्ति राती रक्षा गर्न र दिनमा निर्माण काम गर्नलाई हरेक मानिस र त्यसको सहायकले यरूशलेममा नै रात बिताओस्”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला मैले मानिसहरूलाई यो पनि भनेँ, “राति हरेक मानिस र त्यसको सेवक यरूशलेमभित्र रहोस्, ताकि तिनीहरूले राति हाम्रो पहरेदारको रूपमा र दिउँसो कामदारको रूपमा सेवा गर्न सकून्।”
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा मैले मानिसलाई यो पनि भनें, “हरेक मानिसहरू अनि उनीहरूको सेबकहरूले यरूशलेम मानै रात बिताओस् जसमा कि तिनीहरू हाम्रा निम्ती रातका रक्षक अनि दिनका कर्मी हुन सक्छन्। यसरी न त मैले, न मेरा साथी सङ्गीहरूले न मेरा सेवकहरूले न त मेरो अनुसरण गर्ने रक्षक मानिसहरूले कहिले हाम्रा बस्त्रहरू खोल्यौं।”