Nehemiah 4:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले पर्खाल बनाइरह्यौं र चाँडै त्‍यसको आधा उचाइसम्‍म उठायौं। मानिसहरू काम सिध्‍याउन उत्‍सुक थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी हामीले त्‍यसको आधा उचाइसम्‍म चारैतिर पर्खाल बनायौं, किनकि मानिसहरूले तनमन दिएर काम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामीले पर्खाल त्यसको उचाइको आधा भाग नपुगेसम्म पुनर्निर्माण गर्‍यौँ; किनकि मानिसहरूले आफ्ना सम्पूर्ण हृदयले काम गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यसरी हामीले पर्खाल निर्माण गर्यौ र आधा उचाइँसम्म सम्पूर्ण पर्खाललाई जोडिदियौं। मानिसहरू काम गर्न उत्सुक थिए।