Nehemiah 5:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धन, अन्‍न, मद्य, जैतुनको तेल जे होस्, सबैको ऋण छोडिदेऔँ। तिनीहरूका खेत, दाख र भद्राक्षका बारी र घरहरू झट्टै तिनीहरूलाई फिर्ता देओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूबाट लिएका खेतहरू, दाखबारीहरू र भद्राक्षबारीहरू र घरहरू तुरुन्‍तै तिनीहरूलाई फर्काइदेओ, अनि तिनीहरूबाट असूल गरेका ब्‍याज, अर्थात्‌ रुपियाँपैसा, अन्‍न, नयाँ दाखमद्य र तेलको सयौँ भाग फर्काइदेओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई तिनीहरूका खेतहरू, दाखबारीहरू, जैतुनबारीहरू र घरहरू साथै तिमीहरूले तिनीहरूबाट लिएका रकम, अन्‍न, दाखमद्य र तेलको सयौँ भाग ब्याज तुरुन्तै फर्काइदेऊ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका खेत र दाखबारी, तिनीहरूका भद्राक्षबारी अनि तिनीहरूका घरहरू आजनै तिनीहरूलाई फिर्ता गर। अनि धनको मासिक ब्याज, अन्न, दाखरस अनि तेल जो तिमीहरूले तिनीहरूबाट लियौ फर्काइदेऊ।”