Nehemiah 5:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगुवाहरूले भने, “तपाईंले भनेजस्‍तो हामी गर्नेछौं। हामी तिनीहरूका धन-सम्‍पत्ति फर्काइदिनेछौं र ऋण फिर्ता लिनेछैनौं।” मैले पूजाहारीहरूलाई बोलाएँ र तिनका अघि ती अगुवाहरूलाई आफूले दिएको प्रतिज्ञाअनुसार शपथ खान लाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हामी फर्काइदिनेछौं, र तिनीहरूबाट अरू केही लिनेछैनौं। तपाईं जे भन्‍नुहुन्‍छ सो हामी गर्नेछौं” भनी तिनीहरूले भने। तब मैले पूजाहारीहरूलाई बोलाएँ, र भारदार र अधिकृतहरूलाई आफूले प्रतिज्ञा गरेअनुसार गर्न शपथ खान लाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “हजुर, हामी त्यो फर्काइदिनेछौँ। अनि हामी तिनीहरूबाट अरू केही कुरा माग गर्नेछैनौँ। तपाईंले भन्‍नुभएजस्तै हामी गर्नेछौँ।” तब मैले पुजारीहरूलाई बोलाइपठाएँ; अनि अगुवाहरू र अधिकारीहरूलाई तिनीहरूले जे गर्नेछौँ भनी भनेका थिए, त्यसको शपथ खान लगाएँ।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले भने, “हामी सबै कुरा फिर्ता दिने छौं। अनि हामी तिनीहरूबाट केही माग्ने छैनौं। हामी तपाईंले भन्नु भएजस्तै गर्ने छौं।” यसकारण मैले पूजाहारीहरूलाई बोलाएँ, अनि तिनीहरूले अहिले भने अनुसार गर्नु पर्छ, भनी मैले तिनीहरूलाई शपथ दिलाएँ।