Nehemiah 5:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मैले कम्मरमा बाँधिएको पटुका फुकालें र टकटक्याएँ। “तिमीहरू कसैले आफ्ना प्रतिज्ञा पूरा गरेनौ भने परमेश्वरले यसरी नै तिमीहरूलाई टक्टक्याउनुहुनेछ,” मैले भनें, “परमेश्वरले तिम्रा घर, धन-सम्पत्ति सबै खोस्नुहुनेछ र तिम्रा हात रित्ता पारिदिनुहुनेछ।” त्यहाँ भएका सबैले “आमेन” भने र परमप्रभुको प्रशंसा गरे। अगुवाहरूले आफ्ना प्रतिज्ञा कायम राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि मैले मेरो खास्टोको छेउ टकटक्याएर भनें, “आफ्नो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्वरले यसरी नै टकटक्याइदेऊन्। त्यसलाई यसरी नै टकटक्याएर रित्तो बनाइओस्।” यो भएपछि भेला भएका सबै मानिसहरूले भने, “आमेन,” र तिनीहरूले परमप्रभुको प्रशंसा गरे। अनि तिनीहरूले आफ्नो प्रतिज्ञाअनुसार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आफ्ना वस्त्रको छेउको मोडिएको भाग टकटकाएर भनेँ, “यसरी नै यस प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसलाई त्यसको घर र सम्पत्तिबाट परमेश्वरले टकटक्याइ दिनुहुनेछ। यसरी नै यस्तो मानिस टकटक्याइएको होस् र रित्तो पारिएको होस्!” यस कुरामा सारा समुदायले भने, “आमेन,” अनि याहवेहको प्रशंसा गरे। तब मानिसहरूले आफूले प्रतिज्ञा गरेझैँ गरे।
Nepali ERV (पवित्र बाइबल)
मैले मेरो खाष्टोको छेउ टक्टकाएँ र भने, “परमेश्वरले यसरीनै, यो शपथपालन नगर्नेहरू हरेकलाई घर अनि सम्पत्तिबाट टक्टकाएर निकाली दिऊन्। यसरी व्यक्तिलाई टक्टक्याइयोस् र रित्तो तुल्याइयोस्।” त्यस पछि सम्पूर्ण समूहले भने, “आमीन!” अनि तिनीहरूले परमप्रभुको स्तुति गरे।