Nehemiah 5:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा अर्तासास्तका शासनकालको बीसौँदेखि बत्तीसौं वर्षसम्म म यहूदाको बडा-हाकिम थिएँ। यी बाह्र वर्षभरि मैले र मेरा कुटुम्ब र परिवारले बडा— हाकिमले पाउने भोजन लिएनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसबाहेक यहूदा देशका राज्यपाल म नियुक्त भएको समयदेखि, अर्थात् अर्तासास्त राजाको बीसौँ वर्षदेखि बत्तीसौँ वर्षसम्म, जम्मा बाह्र वर्षसम्म मैले र मेरा भाइहरूले राज्यपालले पाउनुपर्ने खानेकुराको भत्ता लिएनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक, राजा अर्तसास्तको शासनकालको बीसौँ वर्षमा म यहूदामा तिनीहरूको राज्यपाल नियुक्त भएदेखि उहाँको बत्तीसौँ वर्ष, अर्थात् बाह्र वर्षसम्म अधिकृत भएर सेवा गर्दा, न त मैले, न त मेरा दाजुभाइहरूले राज्यपालको निम्ति दिइने भोजन खायौँ।
Nepali ERV (पवित्र बाइबल)
अनि मानिसहरूले शपथलिए जस्तै गरे। अझ यहूदा देशको प्रशासक नियुक्त भएको दिन देखि राजा अर्ट-जारसेजको शासनकालको बिशौं वर्ष देखि बत्तीशौं वर्ष, (बाह्र वर्ष) सम्म मैले अनि मेरा नजिकका आफन्तहरूले प्रशासकको भोजन भोग गरेनौं।